हेटौंडा । नेपालमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना पु्ष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ।

यसैगरि पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो संगै संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।