नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् । आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिएका हुन् । साथै उनले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताएका छन् ।

‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’

साथै उनले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।