कोरोना परीक्षण र उपचार गर्ने दायित्वबाट सरकार पन्छिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आर्थिक रुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च आजबाट तिर्नुपर्ने भएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ‘निशुल्क परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ। निशुल्क उपचार गर्ने भनिएका व्यक्तिहरु बाहेक सबैले आजैका मितिबाट सरकारी, निजी सबै अस्पतालमा परीक्षण र उपचार गरेको शुल्क व्यहोर्नुपर्ने व्यवस्था लागू हुनेछ’।

यसअघि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।