इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले परजित गरेको छ । चेन्नईले दिएको १८० रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि शिखर धवनले आफ्नो पहिलो आइपिएल शतक प्रहार गरेका थिए । शिखरले ५८ बलमा १०१ रन बनाएका थिए । धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गर्दै अविजित १०१ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले अन्त्यमा ५ बल खेल्दै अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका लागि मार्कोस स्टोइनिसले २४ रन बनाए भने कप्तान श्रेयस अय्यरले २३ रन बनाएर आउट भएका थिए । पहिलो बलमा नै पृथ्वी शालाई गुमाएको दिल्लीका लागि आजिख्य रहानेले ८ रन बनाए भने एलेक्स केरीले ४ रन बनाएका थिए ।

चेन्नईका बलर दिपक चहरले २ विकेट लिए भने श्रदुल ठाकुर, साम कुरान र डवाने ब्राभोले एक एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डुप्लेसिसले सर्बाधिक ५८ रन बनाए । त्यस्तौ अम्बाती रायडूले अविजित २५ बलमा ४५ रन बनाए भने शेन वाटशनले ३६ रन बनाएका थिए । त्यसैगरी रविन्द्र जडेजाले अविजित १३ बलमा ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनी ३ रन र साम कुरान शुन्यमा आउट भएका थिए । दिल्लीका बलर एनरीच नोर्त्जेले २ विकर लिए भने तुषार देशपाण्डे र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै दिल्ली क्यापिटल्स ९ खेलमा ७ खेल जितेर १४ अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै चेन्नई सुपर किंग्सले भने यस सिजनमा ९ खेल खेल्दै ६ खेल हारेको छ भने ३ खेलमा जित हासिल गरेको  छ । आइपिएल अन्तर्गत आइतबार दुई खेल हुदै छन् । आइतबार पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सवीच हुदै छ भने दोस्रो खेल मुम्बई इण्डियन्स र किंग्स इलेभेन पञ्जाबबीच हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।