हेटौंडा । हेटौंडामा महिलाहरुको लागि आवश्यक सम्पूर्ण कपडा,जुत्ता,ब्याग तथा गिफ्टका ब्रान्डेड सामग्री मन पराउनेहरुको लागि अब अन्त जानु नपर्ने भएको छ ।

आजबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित पारिजातपथमा “गर्ल फेसन वेर” को शुभारम्भ गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेहर मिना कुमारी लामाले रिबन काटेर “गर्ल फेसन वेर” को शुभारम्भ गरेकी हुन् ।

महिलाहरुको लागि आवश्यक सम्पूर्ण कपडा,जुत्ता तथा ब्यागहरु एकै ठाउँबाट बिक्री गर्ने गरी व्यवसाय संचालन गरिएको प्रोपाईटर अञ्जना लामाले जानकारी दिईन् । उनले करिब ५० लाख लगानीमा व्यवसाय सुरु गरेको बताईन् ।

आजबाट संचालनमा आएको “गर्ल फेसन वेर” मा ब्रान्डेड कपडा,जुत्ता,ब्याग तथा गिफ्टका सामग्रीहरु सुपथ मूल्यमा बिक्री सुरु गरिएको जनाईएको छ ।

शुभारम्भ कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष तथा प्रदेश सांसद मुनु सिग्देल,जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी,जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामा लगाएतको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।