इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १७८ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको हो ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ३६ बलमा ५७ रन बनाए भने रोबिन उथप्पाले ४१ रन बनाएका थिए । त्यस्तै जस बोटलरले २४ रन बनाए भने बेन स्टोकले १५, राहुल तेबातियाले अविजित १९ रन बनाएका थिए ।

त्यस्तै सन्जु सामसनले ९ रन र जोफ्रा आर्चरले २ रन बनाएका थिए । त्यसैगरी बैंगलोरका बलर क्रिस मोरिसले ३ विकेट लिए भने युजवेन्द्र चहलले २ विकेट लिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।