हेटौंडा/मकवानपुरमा आज १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ११० जना र मनहरीको ६ जना, भीमफेदीको १ जना राक्सिरांगको १ जना र मकवानपुरगढीको २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।

असोज २९ गते संकलित २१८ जनाको स्वाबमा १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् ।

हेरौ पुरा विवरण :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।