पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको वडा दसैंको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । शनिबार सूचना सार्वजनिक गर्दै ज्ञानेन्द्रले असहजस्थितिमा टीका लगाउने कार्यक्रम आयोजना नगर्ने बताएका हुन् ।

 यसैगरि पूर्वराजा ज्ञानेन्द्रले यस वर्षको महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र पूजापाठसमेत नगर्ने बताएका छन् ।  ‘यसवर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने र विजया दशमीका दिन टीकाको कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ’, पूर्वराजा ज्ञानेन्द्रको नाममा सार्वजनिक सूचनामा भनिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।