फाईल तस्विर/खबरब्रेक

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिन्दु नेपालीहरुको महान पर्व बडादसैंमा आज घटस्थापनादेखि नवमीसम्म जिल्ला भित्रका विभिन्न शक्तिपिठ तथा मन्दिरहरु एवं विभिन्न स्थानहरुमा स्थापना गरिने दुर्गा भगवतीको पण्डालमा सामूहिक पूजा गर्न रोक लगाएको छ ।

शुक्रबार प्रशासनले सूचना जारी गर्दै शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक अन्य दर्शनका लागि सर्वसाधारणलाई मन्दिर प्रवेशमा पूर्ण रोक लगाएको जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा घटस्थापनादेखि नवमीसम्म शक्तिपिठ, मन्दिर तथा विभिन्न स्थानमा दुर्गा भगवतीको मुर्ती स्थापना गरी हुने पूजामा सर्वसाधारण जम्मा हुँदा कोरोना संक्रमण हुने भएकाले रोक लगाइएको उल्लेख छ । अटेर गरेमा कानून बमोजिम कारबाही गर्ने सूचना उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोभिड-१९ को यस विषम परिस्थितिमा आ-आफ्नै घरमा एकाघरका परिवारका सदस्य बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दशैं मनाउन आग्रह गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय मकवानपुरको सूचना:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।