नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गरेका छन्।

पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमतीलाई कसरी कोरोनाभाइरस सङ्क्रमण भयो भन्नेब कुरा अहिलेसम्म पत्तो नपाएका आचार्य विगत केही दिनयता होम आइसोलेशनमा छन्।

यस पटकको दशैँमा विशेष सतर्क रहनुपर्ने बताउँदै उनले भने, ‘टीका थाप्न मकहाँ पनि नआउन आग्रह गर्दछु र म तपाईँकहाँ आइन भने पनि नरिसाउनुहोला।’-बीबीसी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।