फ्रान्समा कोरोना भाइरसको संक्रमणको संख्या दैनिक बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा थप ३० हजार ६२१ जनामा कोरोना संक्रमण पु्ष्टि भएको छ । बुधबार यहाँ २२ हजार ५९१ जनामा संक्रमण देखिएको थियो।

कोरोना संक्रमण बढेपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको छ। फ्रान्समा अहिलेसम्म ८ लाख ९ हजार ६८४ जना संक्रमित भएका छन् भने ३३ हजार १२५ जनाको मृत्यु भएको छ ।

युरोपमा फेरी बढ्दै गरेको संक्रमणमा टिप्पणी गर्दै विश्व स्वास्थ्य संगठनले कडा प्रतिबन्ध आवश्यक भएको बताएको छ । युरोपमा संक्रमणको दोस्रो लहर देखिएपछि मानिसहरुलाई नयाँ स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गरिएको छ। शनिबारदेखि बेलायतको लण्डनमा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ। एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।