जापानका प्रधानमन्त्री योशिहिदे सुगा प्रधानमन्त्री पदमा आशिन भएपछि पहिलो विदेश भ्रमणका लागि भियतनाम जाने भएका छन् ।

यही अक्टोबर १८ देखि २१ सम्मका लागि उनले प्रधानमन्त्रीको रुपमा भियतनाम भ्रमण गर्ने भएका हुन् । भियतनामपछि सुगा इन्डोनेसिया पनि पुग्नेछन् ।

जापानका यसअघिका प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणको लागि भियतनाम र इन्डोनेसिया नै गएका थिए । सिन्जो आबे स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएपछि गत महिना सुगा प्रधानमन्त्रीमा चयन भएका थिए ।

सिन्जो आबेले प्रधानमन्त्रीको एक वर्ष कार्यकाल बाँकी छँदा नै गत अगस्टको अन्तिम साता राजीनामा दिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।