दिनेश कार्तिकले इन्डियन प्रिमियर लिग (आईपिएल) टिम कोलकत्ता नाइट राइडर्सको कप्तानको जिम्मेवारी छोडेका छन्। युएईमा जारी आईपिएलमा कोलकाताले सोचअनुसार प्रदर्शन गर्न नसकेपछि कार्तिकले कप्तानी छाडेका हुन्।

कार्तिकले कप्तानी छाड्ने निर्णय गरेसँगै कोलकत्ताले इंग्ल्यान्डका कप्तान इओन मार्गनलाई कप्तानको जिम्मेवारी दिएको छ। ७ खेलमा ४ जीत र तीन हारको सामाना गरेको कोलकत्ता ८ अंकसहित चौथो स्थानमा छ। उनले सन् २०१८ देखि कोलकत्ताको कप्तानी सम्हालेका थिए।

कोलकत्ताले एक विज्ञप्ती जारी गर्दै कार्तिकले कप्तान छाडेको पुष्टि गरेको छ।  विज्ञप्तीमा भनिएको छ, ‘हामी भाग्यमानी हौं, किनकी हामीसँग दिनेश कार्तिक जस्ता टिम लिडर छन्। जसले सबैभन्दा पहिला टिमलाई राख्छन् उनको जस्तो निर्णय लिन जो कोहीले सक्दैनन्।’ कार्तिकले ब्याटिङमा केन्द्रित हुन कप्तानी छाड्ने निर्णय गरेको बताएका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।