हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आईतबार २ कार्तिकबाट बिहिबारसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ ।

उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि हुनेको संख्या बढेसँगै उपमहानगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ ।

उपमहानगरपालिकाको अत्यावश्यक सेवा स्वास्थ्य, वातावरण तथा सरसफाई, बारुणयन्त्र र नगरप्रहरी बलको सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने हेटौंडा उपमहानगरपालिकाले जारी गरेको सूचनामा जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।