File photo

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर १० लाख ९६ हजार ८८१ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ३ करोड ८७ लाख ४६ हजार ५१३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, २ करोड ९१ लाख २६ हजार ७५२ जनाको उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा २ लाख २१ हजार ८४३ जनाको मृत्यु भएको छ भने ८१ लाख ५० हजार ०४३ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ३६ हजार भन्दा बढि छ । ब्राजिलमा १ लाख ५१ हजार ४९८, भारतमा १ लाख, ११ हजार ३११,  स्पेनमा ३३ हजार ४१३, फ्रान्समा ३३ हजार ०३७, बेलायतमा ४३ हजार १५५ जनाको मृत्यु भइसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।