काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको छ । स्थानीय निलकुमारी क्षेत्रीको घरमा सिलिन्डर विस्फोट भएको हो । सोह्रखुट्टेस्थित फलफूल चोकमा भएको उक्त ग्यास विष्फोटबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घाइते ३ जनालाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन अस्पताल र बालाजुस्थित पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटबाटघटनास्थलमा लागेको आगो दमकल र प्रहरीको टोलीले निभाएको छ ।ग्यास कसरी विस्फोट भयो भन्ने खुल्न सकेको छैन । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।