हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मधु अधिकारीले राप्रपालाई कसैले चाहेर पनि सक्न नसक्ने भन्दै काङ्ग्रेस कम्युनिष्टको बिकल्प रुपमा स्थापित हुने दाबी गरेका छन् ।

पार्टीलाई उठाएर जनताको माझमा स्थापित गर्नको लागि लगनशिलता र मेहनत जरुरी भएको भन्दै अब जनताको माझ जान ढिलाई गर्न नहुनेमा अधिकारीले जोड दिए । भ्रष्टाचार ,धर्म परिबर्तनको डढेलो तथा बिक्रीती र बेथितिका कारण जनता वाक्क दिक्क भएको र बिकल्प खोजी रहेको चर्चा गर्दै अधिकारीले पार्टीलाई भावनात्मक रुपमा जोड्दै अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै राप्रपा युबा नेता राजाराम बर्तौलाले पार्टीका अगाडि रहेका चुनौतीहरुलाई चिर्दै उच्च मनोबलका साथ अघि बढ्नुपर्ने आबश्यकता औल्याए । हिजोका त्रुटि कमजोरीबाट शिक्षा लिदै नयाँ ढंगबाट पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको साथ लिएर पार्टी अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।

राप्रपाको पार्टी एकता पश्चात केन्द्र र जिल्लाको दोहोरो जिम्मेवारीमा नरहने नीति अनुरुप आज पार्टी अध्यक्षको जिम्मेवारी केन्द्रिय सदस्य समेत रहेका मधु अधिकारीले गत जिल्ला अधिबेशनबाट निर्बाचित रामहरी न्यौपानेलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष न्यौपानेले मकवानपुरमा पार्टीलाई बलियो बनाएर अघि बढाउन सबैको सहयोग लियर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे। मकवानपुर जिल्लाबाट केन्द्रिय सदस्य मनोनित हुनुहुने राजाराम बर्तौला र बालकृष्ण कार्कीलाई सम्मान समेत गरिएको थियो ।

मकवानपुर जिल्लाबाट केन्द्रमा दिपक बहादुर सिहं, गणेश थापा,राम थोकर र नबराज ढकालको प्रतिनिधित्व रहेको छ । कार्यक्रममा जिल्ला, क्षेत्र, नगरका पदाधिकारी सदस्यहरुको सहभागीता रहेको युबा नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।