हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मकवानपुर अध्यक्ष तथा केन्द्रीय सदस्य मधु अधिकारीले जिम्मेवारी छाडेका छन् । राप्रपाको जिल्ला समिति निर्माण तथा केन्द्रीय समिति विस्तारमा असन्तुष्ठी जनाउँदै नेता अधिकारीले आजैको मितिबाट लागु हुनेगरि राप्रपा मकवानपुरको अध्यक्ष तथा केन्द्रीय सदस्य छाडेका हुन् ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै अधिकारीले भने : पाँचवर्षसम्म काठमाण्डौँमा हराउने, जव चुनाव नजिक आउँछ पदलोभले नियुक्ति पाउने परम्परा भएपछि मैले आजकै मितिबाट राप्रपाको जिम्मेवारी छाडेको हुँ ।

असहज अवस्थामा आफुले जिम्मेवारी लिएर काम गरेको र आफ्ुलाई काम गर्न असहयोग गर्नेलाईनै जिल्लाको नेतृत्व सुम्पने निर्णय गर्ने केन्द्रीय नेतृत्वले आफ्नो स्वाभिमानमा चोट दिएपछि आफुले राप्रपाको वर्तमान रहेको जिम्मेवारी छाडेको बताए । तर उनले आफु राप्रपाको साधरण सदस्यको रुपमा भने रहेको जानकारी दिए । राप्रपा मकवानपुरमा पुरानै रोग रहेको भन्दै यस्तो अवस्थामा पार्टीले प्रगति गर्न नसक्ने समेत उनको भनाई रहेको छ ।

आजैमात्र राप्रपा मकवानपुको अध्यक्षको रुपमा पुर्व अध्यक्ष समेत रहेका रामहरी न्यौपानेलाई चयन गरेपछि अधिकारी असन्तुष्ट बनेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।