नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य सानु सिवाको निधन भएको छ । उनी लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित थिइन् ।

सिवाको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

इलाम निवासी सिवाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गरिएको थियो ।

तत्कालीन एमालेको जनसाँस्कृतिक मञ्चमा रहेर काम गरेकी सिवा नेकपाको समानुपातिक सांसद हुन् ।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ‌ओलीले दुस्ख प्रकट गरेका छन्।