सांकेतिक तस्विर

हेटौंडा । कोरोना भाइरसको कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पतालमा भर्ना भएका उनमा २८ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा आज साँझ ६ः१५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।