अमेरिकी कम्पनी एप्पलले उत्पादन गर्ने आइफोन संसारकै लोकप्रियमध्येको एक प्रमुख ब्राण्ड हो । मोवाइल फोनका अधिकांशलाई उपभोक्तालाई आइफोन बोक्ने रहर हुन्छ ।

तर अन्य फोन सेटहरुको तुलनामा आइफोन महंगो पनि छ । त्यसैले कतिपयले तीब्र आकांक्ष हुँदाहुँदै पनि आइफोन बोक्न सकिरहेका हुँदैनन् । यद्यपि आइफोनबारे अर्बौं मान्छेको प्रत्यक्ष चासो भने छ ।

एप्पलले १३ अक्टोरमा हुन लागेको कार्यक्रममा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । उक्त कार्यक्रममा आइफोन सिरिजमा नयाँ ४ मोडलका आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ म्याक्स सार्वजनिक गर्ने भएको छ ।

विगतका दिनमा सार्वजनिक हुन लागेको आइफोनको मूल्यलाई लिएर केही भ्रम फैलिसकेको छ । तर, यसको वास्तविक मूल्य थाहा पाउनको लागि सार्वजनिक कार्यक्रम पर्खनुपर्ने छ ।

पहिले फैलिएको कुराअनुसार पनि सार्वजनिक हुन लागेको आइफोनको मूल्यमा केही अनुमान गर्न सकिन्छ ।

सार्वजनिक रिपोर्टका अनुसार विभिन्न मोडलका आइफोनको मूल्य भिन्नभिन्न रहेको छ । रिपोर्टअनुसार आईफोन १२ मिनीको ६४ जिबी स्टोरेजलाई ६४९ डलर (लगभग ७५ हजार), १२८ जिबी मोडलको ६९९ डलर (लगभग ८१ हजार), र टप-अफ-द–लाइन २५६ जिबी स्टोरेजलाई ७०० डलर (लगभग ९२ हजार) पर्ने अनुमान लगाएका छन् ।

आइफोन १२ को ६४ जिबी स्टोरेजको ७४९ डलर (लगभग ८६ हजार), १२८ जिबी मोडलको ७९९ डलर (लगभग ९२ हजार) र २५६ जिबी स्टोरेज भएको आइफोनको ८९९ डलर (लगभग १ लाख ४ हजार) रुपैयाँ हुने जनाएको छ ।

त्यस्तै, आइफोन १२ प्रोको १२८ जिबी स्टोरेज भेरियन्टलाई ९९९ डलर (लगभग १ लाख १५ हजार), २५६ स्टोरेज भएकोलाई १०९९ डलर (लगभग १ लाख २७ हजार) र टप-एण्ड ५१२ जिबी आईफोनलाई १२९९ डलर लगभग १ लाख ५० हजार) रहनेछ ।

यसैगरी, आइफोन १२ प्रो म्याक्सको १२८ जिबीको १०९९ डलर (लगभग १ लाख २७ हजार), २५६ जिबीलाई ११९९ डलर (लगभग १ लाख ३९ हजार) र टप-अफ-द-लाइन ५१२ जिबीको लागि १३९९ (लगभग १ लाख ६२ हजार) मूल्य रहेको छ ।
यसमा भन्सार शुल्क जोडिएको छ । भन्सार शुल्क जोड्दा उल्लेखितभन्दा बढी मूल्य पर्नसक्छ ।

यस्ता छन् विशेषता

सार्वजनिक हुन लागेको आइफोन १२ मिनी ५.४ को स्क्रिन हुनेछ । दोस्रो आइफोन १२ प्रो र प्रो म्याक्सको क्रमशः ६.१ र ६.७ इन्च डिस्प्लेको साथ सार्वजनिक हुने भएको छ ।

त्यस्तै आइफोन १२ को ६.१ डिस्प्लेका साथ सार्वजनिक हुने अपेक्षा गरेका छन् । साथै, सबै नयाँ आईफोन मोडल्सको नयाँ ए १४ बायोनिक चिपसेटका साथ आउने जनाएको छ । जुन एप्पलको हुने कार्यक्रममा टाइम फ्लाइजमा सार्वजनिक भएको थियो ।

यसका साथै एप्पल निजको आकार घटाउन र फ्लैटर एजको आइप्याड प्रो जस्तै डिजाइन पेश गर्नेको लागि तयारी रहेको छ । आइफोन १२ मिनीबाहेक सबै आईफोन १२ मोडल ५ जी कनेक्टीभिटीमा पाउने भएको छ ।  एजेन्सीहरुको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।