मंलगबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ६ सय मै कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।