सांकेतिक तस्बिर

हेटौंडा/ हेटौंडाबाट काठमाडौ जाँदै गरेको बस गुड्दा गुड्दै जलेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ। आगलागीबाट मानवीय क्षती भएको छैन। हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बस आगलागी भएर बस पूर्ण रुपमा जलेको हो।

बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ। धुनीबेंसी नगरपालिकाको दमकल ,कर्मचारी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।