हेटौंडा । हेटौंडाका युवा व्यबसायी निरज वैद्यको निधन भएको छ ।

हेटौंडा-१० का वैद्यको गएराती हृदयघातको कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

गएराती एक्कासी छाती दुखेपछि उपचारकोलागि हेटौंडाको चुरेहिल लगिएका उनको अस्पतालमा मृत घोषणा गरिएको थियो ।

मकवानपुरको विभिन्न संघसस्थामा सक्रिय रहेका बैध्य मकवानपुरे खेल क्षेत्रका समेत अग्रणी ब्यक्तित्व हुन् । राप्तिरोडको फ्लाइङ इगल क्ल्बमा रहेर समेत उनले विभिन्न क्षेत्रमा योगदान दिएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।