file photo

भारतमा सिनेमा हलहरू खुल्ने भएका छन् । भारतमा दैनिक ९० हजार कोरोना संक्रमित देखिए पनि केन्द्रीय सरकारले छ महिनापछि हल खोल्ने निर्णय गरेको हो ।

भारतको केन्द्रीय सरकारले सार्वजनिक गरेको अनलक–५ गाइडलाइन अनुसार १५ अक्टोबरबाट भारतमा सिनेमा हल खोल्नका लागि अनुमति दिइएको छ । सरकारले भारतमा सिनेमा हलसँगै मल्टिप्लेक्स, प्रदर्शनी हल र मनोरन्जन पार्कहरू पनि खोल्ने अनुमति दिएको हो । तर, प्रदर्शकले हलको क्षमताको ५० प्रतिशत मात्र दर्शक राखेर हल खोल्न पाउने छन् ।

महाराष्ट्र सरकारले भने ३१ अक्टोबर अघि हल सञ्चालनमा नल्याउन निर्देशन दिएको छ । भारतका केही राज्यहरूमा सुरक्षा मापदण्ड अपनाउँदै आजबाट अर्थात् १ अक्टोबरबाटै हल सञ्चालनमा ल्याउन अनुमति दिएका छन् । सरकारले गरेको यस निर्णयलाई फिल्मकर्मीहरूले स्वागत गरेका छन् ।

त्यस्तै, स्कुल र कोचिङ संस्थानलाई पुनः खोल्नका लागि राज्य सरकारले १५ अक्टोबरपछि निर्णय लिने बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।