एजेन्सी  । स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ। लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ।

स्पेनमा बितेका सातामा भेटिएका १ लाख ३३ हजार ६ सय ४ जना संक्रमितमध्ये झण्डै एक तिहाई बृहत्तर मड्रिड क्षेत्रबाट रहेका छन्। बुधबार स्पेनका अधिकाशं क्षेत्रीय सरकारले १ लाख भन्दा बढी बासिन्दा भएका क्षेत्रमा तीन वटा आधारहरू पुष्टि भए लकडाउन गर्न सकिने पक्षमा मतदान गरेका छन्।

क्षेत्रीय सरकारहरू प्रति १ लाख ५ सय संक्रमित फेला परेमा, आईसियूमा विरामीको संख्या ३५ प्रतिशत भएमा र १० प्रतिशतको कोरोना परीक्षण ‘पोजेटिभ’ आएमा लकडाउन गर्न सकिनेमा सहमत भएका हुन्।

राजधानी मड्रिडमा हाल संक्रमित संख्या प्रति लाख ७ सय ८० छ जुन तय गरिएको आधारभन्दा बढी हो। यध्यपी प्रतिबन्धहरू कहिलेबाट लागु हुनेछ भन्ने बारेमा अहिले केही स्पष्ट छैन।

लकडाउन अन्तरगत मड्रिड क्षेत्रका सीमाहरू आगन्तुकहरूका लागि अत्यावश्यक बाहेकका अवस्थामा बन्द गरिनेछ। मानिसहरूलाई काम, चिकित्सककोमा जान र किनमेलका लागि अनुमति दिइनेछ। खेलस्थल र पार्कहरू भने बन्द हुनेछन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।