File photo

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको छ ।

विश्वभर ७७ लाख १५ हजार ६३१ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६६ हजार ३५ को अवस्था गम्भीर छ । हालसम्म विश्वभर २ करोड ५४ लाख १२ हजार ७३४ जनाले कोरोनालाई जितेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।