स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल भल्लाडोलिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा सबस्टिच्यूटको रुपमा मैदानमा आएका भिनिसियस जुनियरले खेलको ६५औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।

यो जितसँगै रियल म्याड्रिड यस सिजनमा ३ खेलमा ७ अंक बटुल्दै लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै दुई खेलमा बराबरी खेलेको रियल भल्लाडोलिडको भने यस सिजनमा चौथो खेलमा यो दोस्रो हार हो । ला लिगा अन्तर्गत नै गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिड भने हुएस्कासँग गोल रहित बराबरीमा रोकिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।