इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । कोलकोताले दिएको १७५ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३७ रन मात्र बनाएको थियो ।

राजस्थानका लागि टम कुरानले ३६ बलमा अविजित ५४ रन बनाए भने जस बटलरले २१ रन बनाएका थिए । त्यस्तै राहुल तेबातियाले १४ रन बनाएर आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाएनन् । कोलकोताका बलर शिभम माभी, कमलेस नगरकोटी र वरुण चक्रवर्तीले २-२ विकेट लिए भने सुनिल नारन, कुलदीप यादव र पाट कमिन्सले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।कोलकोताका लागि शुभम गीलले ४७ रन बनाए भने आन्द्रे रशेलले २४ रनको योगदान दिए । त्यस्तै नितिस राणाले २२ रन बनए भने सुनिल नारनले १५ रन बनाए । त्यस्तै कप्तान दिनेश कार्तिक १ रन बनाएर आउट भएका थिए ।

त्यस्तै पाट कमिन्सले १२ रन बनाएका थिए भने इयोन मोर्गनले अविजित ३४ रन र कमलेश नगरकोटीले ८ रन बनाएका थिए ।राजस्थानका बलर जोफ्रा आर्चरले २ विकेट लिए भने अंकित राजपुत, जयदेव उनादकट, टम कुरान र राहुल तेबातियाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै यस सिजनमा कोलकोताको यो तेस्रो खेलमा दोस्रो जित हो भने राजस्थान रोयल्सले यस अघि दुवै खेल जितेपनि पहिलो हार बेहोरेको छ । आइपिएल अन्तर्गत आज किंग इलेभेन पञ्जाब र मुम्बई इण्डियन्सबीच हुदै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।