इंग्लिस काराबाओ कप अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ३–० गोलले पराजित गरेको हो । उक्त खेलको सिटीको जितका लागि स्टार्लिङले दुई गोल गरे  र फरान टोरेसले एक गोल गरे।

उक्त खेलको ३५ औं मिनेटमा सिटीका स्टार्लिङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ४९ औैं मिनेटमा स्टार्लिङले नै अर्को गोल गरी टिमलाई अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा टोरेसले गोल गरी सिटीलाई जित दिलाए । जितसँगै सिटी काराबाओ कपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।