file photo

सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

कात्तिक ३ गते अवकाश पाउने रेग्मीले दुई साताअघि नै राजीनामा दिएकाले सरकारले परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो ।यस्तै बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।

आजै राजीनामा दिएका रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । सिफारिस भएका दुवै जनाको संसदीय सुनुवाइ भएपछि मात्र सरकारले नियुक्त गर्ने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।