सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको आजको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ ।

अब फेरी अर्को सुनुवाई शुक्रबार हुने छ ।

न्यायाधीश डा. आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार आज संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा, तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहेका छन् ।

आज निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेतीलगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरेका थिए ।

महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिलले भने यसअघि पनि माधव नेपालसहितले चुनाव हार्दासमेत सांसद हुने नजिर रहेको भन्दै गौतमको पक्षमा बहस गरेका छन् ।

गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले बहस गर्ने भएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय सभामा मनोनित भएका नेता गौतमलाई संबैधानिक जिम्मेवारी नदिन भन्दै यथास्थितिमा राख्न आदेश दिएको थियो । साथै थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न आदेश अन्तरिम जारी गर्दै आजको लागि संबैधानिक इजलासमा छलफल हुने बताएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।