file photo

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

मंगलबार घाँस काटन जङ्गल गएका भण्डारी अबेरसम्म नफर्किएपछि खोजी गर्न गएको समुहले उनलाई कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा शव फेला पारेको हो । मंगलबार राति नै खोज्न गएका १४ जनाको युवाहरुको समूहलाई समेत बाघले आक्रमण गरेपछि २ जना घाइते भएका थिए । घाइते हुनेमा सोही टोलका ३४ वर्षीय प्रविन श्रेष्ठ र अशोक थापा रहेको प्रहरीले जनाएको छ । उनीहरु चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि घर फर्केका छन ।

भण्डारीको शव बुधबार चन्द्रपुरबाट पश्चिमकोबीच जङ्गलको खोल्सामा भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर शम्भु महतोले बताए । भण्डारीलाई खोज्न नेपाल प्रहरी, ससस्त्र प्रहरी, बनरक्षक, रङ्गपुर साझेदारी उपभोक्ता समुह र स्थानीय गरी एक सय भन्दा बढि परिचालित भएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।