मकवानपुरको हेटौंडा–४ मा रहेको सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर आज रेडियोमा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास र सम्र्वद्धनका निम्ती सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

मेयर महतले बिगतमा पनि सञ्चार माध्यमलाई सहयोग गरिरहेको जानकारी गराउँदैं भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । सञ्चार माध्यम र सञ्चारकर्मीको हितका लागि नगर पालिका संस्थागत सहकार्य गर्न तत्पर रहेको बताउनुहुँदैं मेयर महतले पत्रकारिता क्षेत्रको विकासले मात्र समाजमा परिवर्तन सम्भव भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले स्थानिय सरकारले स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्नुपर्ने बताउनुभयो । मिडियाको संस्थागत विकास र श्रमजिवी पत्रकारहरुको हितका लागि स्थानीय सरकार भुमिका महत्वपूर्ण हुने बिष्टले बताउनुभयो ।

कार्यक्रममा बोर्ड काष्टिङ एसोसियसन अफ नेपाल (बान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईले संकटको अवस्थामा मिडिया बचाउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कोभिड १९ का कारण सञ्चार जगत पनि प्रभावित भएको बताउँदैं उहाँहरुले समग्र सञ्चार क्षेत्रको विकासको निम्ती स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज का अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सञ्चार संघ÷संगठनका नेतृत्व तथा सञ्चारकर्मी र बिभिन्न सामाजिक संघ÷संस्थाका व्यक्तिहरुको सभागिता रहेको थियो । बिगतका बर्षहरुमा विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउने गरिएको भएपनि यो बर्ष कोरोना भाईरसका कारण सामान्य र अनौंपचारिक ढंगले बार्षिक उत्सव मनाईएको रेडियोका अध्यक्ष सुनिल खड्काले बताउनुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।