हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १३ सय नाघेको छ ।

बुधबार बिहान मकवानपुरमा थप ३४ जनामा संक्रमण पुष्टि भए संगै १३ सय नाघेको हो । यो संगै पुष्टि हुनेको संख्या १३ सय १७ पुगेको छ । यसैगरि मकवानपुरमा हालसम्म पुष्टि भएकामा एक हजार ४४ जना संक्रमण मुक्त भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या एक हजार ४४ पुगेको छ । जिल्लामा कोरोनाको कारण हालसम्म १३ जनाको मृत्यु भएको छ । जसमा १२ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना मनहरी गाउँपालिकाका गरी १३ जना रहेका छन् ।

जिल्लामा संक्रिय संक्रमितको संख्या २ सय ५९ जना
यसैगरि जिल्लामा आजको दिन सक्रिय संक्रमितको संख्या २ सय ५९ रहेको छ ।

जसमा १ सय ८८ जना होम आइसोलेस,६३ जना आइसोलेसन र ८ जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाईएको समेत गरी २ सय ५९ जना रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलयले दिएको जानकारी अनुसार यस्तो छ आजको दिनमा जिल्लामा होम आइसोलेसनमा उपचाररत रहने १ सय ८८ जना संक्रमितको विवरण:

हेटौंडा उपमहानगरपालिकामा १ सय १९ जना संक्रमित
थाहा नगरपालिकामा २ जना संक्रमित
भीमफेदी गाउँपालिकामा २४ जना संक्रमित
मनहरी गाउँपालिकामा १९ जना संक्रमित
बैकैया गाउँपालिकामा ९ जना संक्रमित
मकवानपुरगढी गाउँपालिकामा ५ जना संक्रमित
राक्सिराङ गाउँपालिकामा ६ जना संक्रमित
ईन्द्र सरोबर गाउँपालिका ४ जना संक्रमित

होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसैगरि जिल्लामा आजको दिनमा आइसोलेसनमा उपचाररत रहने ६३ जनाको विवरण:

हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ स्थित गौरीटार आइसोलेसनमा २५ जना संक्रमित
भीमफेदी आइसोलेसनमा ४ जना संक्रमित
मनहरी आइसोलेसनमा ३२ जना संक्रमित
राक्सिराङ गाउँपालिकामा २ जना संक्रमित

आइसोलेसनमा उपचाररत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।