हेटौंडा । मकवानपुर जिल्लामा आज थप ४९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आज बिहान आएको रिर्पोट र साँझ आएको रिर्पोट गरि ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज बिहान ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकामा १४ महिला र २० पुरुष छन् ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका ३२, थाहानगरपालिकाका एक र बकैया गाउँपालिकाका एक जना थिए भने साँझ पुष्टि भएकामा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।
हेर्नुस रिर्पोट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।