file photo

सेल्फ-क्वारेन्टाइनमा प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परिक्षणको नतिजा निगेटिभ आएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रधानसेनापति थापाको परिक्षणको नतिजा निगेटिभ आएको जानकारी दिएको छ ।

उनको निवासको भान्सामा कार्यरत एकजनालाई शनिबार कोरोना पुष्टि भएपछि हेल्थ प्रोटोकल अनुसार प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ-क्वारेन्टाइनमा बसेका थिए ।

देशमा कोरोना महामारीको संक्रमण बढेसँगै नेपाली सेनामा कोरोनाको संक्रमण फैलिएको छ । नेपाली सेनामा अहिलेसम्म २ हजारभन्दा बढी संक्रमित भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।