बागमती प्रदेश सरकारले २६ जना कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियरका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।