पिसिआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई शुल्क समायोजन गर्न स्वास्थ्य मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको छ । मन्त्रालयले ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको हो ।

मन्त्रालयले शुल्क समायोजन नगरे पिसिआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा.डा. प्रवक्ता जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय सुनाउँदै २४ घण्टाभित्र पिसिआर शुल्क समायोजन नगरे परीक्षणको स्वीकृति खारेज गरिने जानकारी दिएका हुन् ।

गौतमले सरकारको निर्णय नमानी बढी शुल्क लिए कालाबजारी गरेको कसुरमा कारबाही गर्न गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्राचार गर्ने निर्णय भएको पनि बताए ।

गत भदौ २८ गते स्वास्थ्य मन्त्रालयले देशभरका सबै प्रयोगशालाले पिसिआर शुल्क २ हजार भन्दा बढी लिन नपाउने निर्णय गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।