बलिउड अभिनेता सुशान्त सिंह राजपूतको शंकास्पद मृत्युको जाँचका क्रममा देखिएको लागूऔषध सेवनको भुमिकाले गर्दा भारतीय लागूऔषध नियन्त्रण ब्यूरोले अरु अनुसन्धान थालेको थियो ।

त्यसक्रममा अभिनेत्रीहरू दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानले लागूऔषध पाउनका लागि च्याट गरेको भन्दै आएको स्क्रिनसट फेला पारेपछि एनसीबीले सोधपुछका लागि बोलाएको थियो ।

तर एनसीबीले दीपिका, श्रद्धा र साराविरुद्ध कुनै पनि प्रमाण फेला नपारेको विभिन्न सूत्रहरूले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
च्याटका आधारमा कसैलाई पनि दोषी साबित गर्न नमिल्ने कुरा वकिलले पनि भनिरहेका थिए ।

एनसिबीले अन्य अभिनेत्रीहरु तथा व्यक्तिहरुका बारेमा खुलासा गरिरहेको भएपनि त्यसले सुशान्तको छविलार्इृ आघात पु््र्याएको कारण अब यसबारे धेरै भित्र नगइकन अभिनेताको निधनको मुख्य कारण पत्ता लगाउने कुरालाई निरन्तरा दिइने भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।