हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कोरोना संक्रमणबाट बच्नको लागि गुर्जो, बेसार, अदुवा पानी नियमित मिसाएर सेवन गर्न आग्रह गरेका छन् । रेडीयो सन्देशको दोश्रो वार्षिकोत्सवको अवसरमा हेटौँडामा भएको कार्यक्रममा बोल्दै मेयर महतले गुर्जो सहितको जडिबुकिो नियमित सेवनले कोरोना संक्रमण हुने संभावना न्युन हुने र संक्रमण भैहालेपनि चाँडै संक्रमणमुक्त हुने समेत दाबी गरे ।
उनले भने ः हामिले हाम्रै घरेलु औषधिलाई विश्वास गर्दैनौ, हामीलाई एक घण्टामा ठिक हुने औषधीमा ध्यान छ तर घरेलुु जडिबुटिको औषधी शरिरको लागि निकै उपयुक्त रहेको भन्दे अहिले प्रमाणीत भएको छ । महतले कोरोना संक्रमणको समयमा पत्रकारहरु समेत जिग भएर आफ्नो दैनिक कृयाकलापलाई सञ्चालन गर्नुपर्ने धारण समेत ब्यक्त गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।