इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा हैदरावादले दिल्ली क्यापिटललाई १५ रनले पराजित गरेको छ । हैदरावादले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन मात्र बनाएपछि हैदरावाद १५ रनले विजयी भएको हो ।

दिल्लीका लागि शिखर धवनले सर्बाधिक ३४ रन बनाए भने रिषव पन्तले ३२ रन बनाए । त्यस्तै शिमरन हेटमायरले २१ रन बनाए भने कप्तान श्रेयस अय्यरले १७ तथा मार्कोस स्टोइनिसले ११ तथा कागीसो रबाडाले १५ रन बनाए ।

हैदरावादका बलर राशिद खानले ३ विकेट लिए । राशिदले धवन अय्यर र पन्तलाई आउट गरेका थिए । उनले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै भुवनेश्वर कुमारले २ विकेट लिए भने खालिद अहमद र टी नटराजनले एक एक विकेट लिए ।

यस अघि टस हारे पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएका थिए । हैदरावादका लागि जोनी बैरस्ट्रवले ५३ रन बनाए भने डेविड वार्नरले ४५ रन बनाएर आउट भए । त्यस्तौ केन विलियाम्सनले ४१ रन बनाए भने मनिष पाण्डे ३ रन बनाएर आउट भएका थिए । त्यसैगरी अब्दुल समादले अविजित १२ रन बनाए । त्यस्तै दिल्ली क्यापिटलका बलर अमित मिश्रा र कागीसो रबाडाले २-२ विकेट लिए ।

योसँगै सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने यस अघि दुई खेल जितेको दिल्लीले पहिलो हार बेहोरेको छ । अब आज राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच खेल हुने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।