इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । यासु सिजनमा वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेर राम्रो शुरुवात गरेका छन् । त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरेका थिए ।

लगातार तेस्रो जितसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि गोलअन्तरमा लेस्टर सिटी शीर्षस्थानमा तथा एभर्टन तेस्रो स्थानमा छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।