युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा  रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बइ इण्डियन्सविरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ ।टस हारेर ब्याटिङ गरेको रोयल बेंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । यसका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए ।

२०२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । जसमा मुम्बइका किसनले ९९ रनको योगदान दिएका थिए । दुबै टीमले समान २०१ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो । सुरुको १० विकेटमा सुस्ताएको मुम्बइले १३ औँ ओभरपछि आक्रामक पारी खेलेको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बइले १ विकेटको क्षतिमा ६ बलमा मात्र ७ रन बनाउन सक्यो । जवाफमा बेंग्लोरले ११ रन बनायो । उसका लागि क्याप्टेन विराट कोहलीले सुपर ओभरमा १ चौकाको योगदान दिएका थिए ।

जारी आईपीएलमा बेंग्लोर र मुम्बइबीचको यो खेल दोस्रो सुपरओभर हो । यसअघि बेंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले जितेको थियो भने पन्जाबसँग ९७ रनले हारेको थियो । मुम्बइले पनि यसअघि कलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराएको थियो भने चेन्नइ सुपरकिङ्ससँग ५ विकेटले हारेको थियो ।

जारी आईपीएलको शीर्ष स्थानमा दिल्ली क्यापिटल छ भने बेंग्लोर तेस्रो र मुम्बइ पाचौं स्थानमा छन् । दुबईमा जारी आईपीएलको ११ औं खेल मंगलबार दिल्ली क्यापिटल र सनराइजर्स हैदरबादबीच हुनेछ । सनराइजर्सले जारी सिजनमा हालसम्म एउटा खेल पनि जितेको छैन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।