इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा सिटीलाई लेस्टर सिटीले ५-२ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीको जितमा जामी भार्डीले ह्याट्रिक गरेका थिए । भार्डीले खेलको ३७, ५४ र ५८ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै जेम्स माडीसन र योउरी टिएलेमान्सले एक  एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर सिटीका लागि रियाद महरेज र नाथन आकेले एक एक गोल गरेका थिए ।

यस जितसँगै लेस्टर अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ३ खेलमा समान ९ अंक जोडेको एभर्टन गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी भने २ खेलमा ३ अंकसहित १३ औं स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।