हेटौंडा । मकवनापुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १२ सय ५५ जना पुगेको छ ।

आईतबार हेटौंडामा गरिएको परीक्षणमा जिल्लाका थप १० जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १२ सय ५५ पुगेको हो ।

आज पुष्टि हुनेमा हेटौंडा उपमहागरपालिकाका ६ जना,मनहरी गाउँपालिकाका ३ जना र भीमफेदी गाउँपालिकाका १ जना गरी १० जना रहेका छन् ।

यसैगरि जिल्लामा आजको दिन सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ सय ९१ रहेको छ ।

जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ रहेको छ । जसमा १२ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना मनहरी गाउँपालिकाका गरी १३ जना रहेका छन् ।

आजको दिनमा जिल्लामा आईसोलेसनमा उपचाररत रहनेको संख्या १०५ जना,होम आइसोलेसनमा उपचाररत रहनेको संख्या १९९ जना,थप उपचारको लागि बाहिरी जिल्ला रिफर गरिएको ५ जना र आज थपिएको १० जना गरी ३ सय १९ सक्रिय संक्रमित रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।