File photo

भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ८९ हजार १० जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५९ लाख ९० हजार ५ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३४ पुगेको छ । त्यस्तै हालसम्म ४९ लाख ३८ हजार ६ सय ८८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।