file photo

भान्छामा काम गर्ने एक जना सहयोगीमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टिन बस्नुभएको छ । निवासमा कार्यरत एक जना भान्छेमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड अनुसार प्रधानसेनापति सुरक्षा सजगता अपनाउँदै सेल्फ आइसोलेसनमा बस्नुभएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो ।

यसअघि २ पटक संक्रममितको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेभेटिभ आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।