सांकेतिक तस्विर

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ८५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।