सांकेतिक तस्विर

हेटौंडा/ चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका ७४ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज (शनिबार) विहान १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दियो ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।